विराटनगर/ मोरङको रतुवामाई नगरपालिका २ डोरियामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिका २ डोरिया का २१ बर्षीय निरन्जन कुमार सिंह रहेका छन् । प्रहरीका अनुसार आज बिहान साढे ११ बजे घरको टिनको छानोबाट बिजुलीको तार हटाउने क्रममा करेन्ट लागेर घाईते भएका सिंहलाई उपचारको लागि रंगेली अस्पताल लगिएकोमा तत्कालै चिकित्सकहरुले मृत घोषणा गरेका थिए । त्यसैगरी भोजपुर साल्पासिलिछो गाँउपालिका ६ ढाडेगाँउका ६७ बर्षिय खड्ग बहादुर राईको भिरबाट लडेर मृत्यु भएको छ । हिजो आइतबार भकिम्लो टिप्न गएका राई घर नफर्किएपछि आज बिहान ७ बजे आफन्तहरुले छुम्लुङ खोलामा मृत अवस्थामा फेला परेका हुन् । घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।