दमक/नेपाली कांग्रेसको अधिवेशन स्थलमै आइतबार गोली चलेको छ । वडा अधिवेशन चलिरहेको सर्लाहीको बलरा नगरपालिका ९ अचलगडमा कांग्रेसका दुई पक्षीय कार्यकर्ताबीच झडप भएपछि स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनु परेको हो ।
सीताराम निमावि पुगेका नेपाली कांग्रेसका नेता तथा प्रदेश नम्बर २ का महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री वीरेन्द्रकुमार सिंहसहितको समूह र अर्को समूहबीच झडप भएको थियो । झडपमा मन्त्री सिंहको सुरक्षाका लागि खटिएका एक जना सुरक्षाकर्मी र अर्का एक कार्यकर्ता घाइते भएका हुन् ।
दुई पक्षीय झडपका क्रममा प्रहरीले हवाई फायर पनि गरेको छ । झडपपछि अधिवेशन स्थगित भएको मतदान अधिकृत हरिश्चन्द्र ठाकुरले जानकारी दिए ।