काठमाडौं /  विभिन्न स्थानमा शृंखलाबद्धरुपमा महिलामाथि भएका आक्रमणमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले महिलामाथि भएका शृंखलाबद्ध आक्रमणमा संलग्न सन्तोष कार्कीलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

कार्कीलाई बिहीबार राति १० बजे महाराजगन्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रामेछाप घर भइ हाल महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका कार्कीलाई प्रहरीले विभिन्न युवतीहरुलाई जथाभावी तीखो वस्तुले घोच्दै हिँडेको आरोपमा पक्राउ गरेको हो ।

पक्राउ परेका कार्कीले प्रारम्भिक बयानमा आफ्नो अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ ।

उनले ‘सिरिन्ज’ले आक्रमण नगरी किलाले आक्रमण गरेको बयान प्रहरीसमक्ष दिएका छन् ।

कुनै रोग सार्न नभइ आफ्नो रमाइलोका लागि सिरिन्जले नभइ सुरुमा काठको सुइरो र पछि ढलान किलाले घोच्ने गरेको बयान दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम सुवेदीले बताए ।

प्रहरीले उनको बयानमा पूरा विश्वास नगरीसकेकाले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Facebook Comments Box