दमक/ नेपाली कांग्रेस झापाको निर्वाचनको पछिल्लो मत परिणाम अनुसार सभापति पदका प्रत्यासीद्धय देउकुमार थेवे र राम बहादुर कट्टेलबीच कडा टक्कर देखिएको छ । यद्यपी यो समाचार तयार पार्दा ( राती ११ बजे) सम्म गणनामा कट्टेलले आफनो अग्रता कायम राखेका छन ।
दुई प्रतिस्पर्धी उम्मेदवारबीचको मतान्तर भने घटदो दरमा छ । क्षेत्र नं १ र ५ को गणना पूरा सकिएर क्षेत्र नं २ र ४ को गणना अन्तिम मोडमा आइपुग्दा सम्म कट्टेल र थेवेबीचको मतान्तर १०२ मात्रै भएको छ । राती ११ बजे सार्वजनिक भएको मत परिणाम अनुसार हाल सम्म कूल २०२८ मत गणना हुँदा कट्टेलले १०५६ र थेवेले ९५४ मत प्राप्त गरेका छन ।
उपसभापति २ का लागि भएको निर्वाचनमा थेवेको समुहका केशवराज पाण्डे १०३६ मतसहित अग्रस्थानमा छन भने कट्टेल समुहका प्रेम सम्बाम्फे ९८९ मतसहित दोश्रो र थेवे समुहका शेरबहादुर भट्टराई ९२३ मतसहित तेस्रो स्थानमा छन । त्यसैगरी कट्टेल समुहका केदार गिरी ८०८ मतसहित चौथो स्थानमा छन । त्यसैगरी सचिव २ का लागि भएको निर्वाचनमा अहिले सम्म कट्टेल समुहका विश्वदिप लिङदेन १०५६ मतसहित अग्रस्थानमा छन । उनलाई थेवे समुहका नविन बिमलीले ९६८ मत ल्याएर पछयाइरहेका छन । त्यस्तै सोही पदमा थेवे कट्टेल समुहका टोम राजवंशी ९११ सहित तेस्रो र थेवे समुहका कृष्ण हुमागाइँ ८६० मतसहित चौथो स्थानमा छन । त्यसैगरी सहसचिव पदमा कट्टेल समुहका पदम लिम्बु १०१६ मतसहित सबैभन्दा अगाडी छन भने उनलाई उमाराम प्रसाइँले ९३३ मत ल्याएर पछयाइरहेका छन । शुक्रबार भएको निर्वाचनमा कूल ३ हजार ३ सय ११ मत खसेको थियो । पदाधिकारी ७ सहित जिल्ला सदस्यहरु चयनका लागि निर्वाचन भएको हो ।
