चितवन/ नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने निर्णयबाट पछि नहट्ने बताएका छन् । नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी अन्तिम बैठकअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रावलले भने, मैले त उम्मेदवारको रुपमा घोषणा गरिसकेँ, भोलि मनोनयन दाखिला गर्छु होला ।’ पदाधिकारीमा अरु सबैको सहमति भयो भने पनि चुनाव नै गर्नुपर्छ भन्नुहुन्छ भन्ने प्रश्नमा रावलले भने, अरु उठ्नुहुन्छ कि उठ्नु हुन्न भनेर हिसाब गरेर मैले उम्मेदवारी दिएको होइन । एमालेको नेतृत्व गर्न म अगाडि सर्छु भनेर दिएको हुँ ।’ अनलाइन खबरबाट