दमक/ झापाको भद्रपुर ९ का ६० बर्षिय राम बहादुर बुर्जा मगरलाई चिया पत्ती टिप्दै हात्तीले आक्रमण गरि ज्यानै लिएको छ । मेचीनगर १४ स्थित टंक पौडेलको चिया बगानमा आज (शुक्रबार) बिहान साढे ६ बजे चिया पत्ति टिप्दै गर्दा उनलाई जंगली हात्तीले एक्कासी आक्रमण गरेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Facebook Comments Box