दमक/ ’घरैबाट शुरु गरौं लैङ्गिक हिंसा अन्त्य गरौं’ मूल नारासहित महिला हिंसा विरुद्धको १६ दिने अभियान दमकमा पनि शुरु भएको छ । दमक नगरपालिकाको मुख्य आयोजना र विभिन्न संघ संस्थाको समन्वयमा आयोजित एक कार्यक्रममा अभियानको शुभारम्भ गरिएको हो ।
अभियान आयोजक मूल समारोह समिति एवम् दमक नगरपालिका उपप्रमुख गीता अधिकारीको अध्यक्षतमा शुरु भएको कार्यक्रममा नगर प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्य रहेको थियो ।

सो अवसरमा ईलाका प्रहरी कार्यालय दमकका प्रमुख नवराज कार्की, नगरपालिकास्तरीय महिला स्वास्थ्य स्वयम्सेविका समितिकी अध्यक्ष मेनुका बुढाथोकी लगायतले प्रत्येक व्यक्ति जिम्मेवार भए मात्र लैंगिक हिंसा अन्त्य हुने बताए । अभियानका १६ दिनमा नगरका हरेक वडामा विभिन्न कार्यक्रम गरिने नगरपालिकाले जनाएको छ । त्यसैगरी भद्रपुर १० लेखनाथ चौकमा भद्रपुर नगरपालिका संगको समन्वय एवं सहकार्यमा जिल्ला प्रहरी कार्यालय झापा र सामुदायिक प्रहरी सेवा केन्द्र चद्रगढी झापाले सोही सन्दर्भमा दिपप्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । अभियान अन्तर्गत आज बिहिबार पहिलो दिन प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिना को प्रमुख आतिथ्यमा जिल्ला प्रहरी कार्यालय झापाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराई लगायत अन्य विभिन्न संघ सस्थाका पदाधिकारी तथा नागरिक समाजका प्रतिनिधी समेत सो कार्यक्रममा सहभागी भएका थिए ।

 

Facebook Comments Box