दमक/ झापा दमकका पुराना शिक्षक तथा नेपाली कांग्रेस दमक नगर उपसभापति राजकुमार गौतमले कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत १० मसिंरमा हुने अधिवेशनमा कांग्रेसको जिल्ला सदस्यमा उम्मेदवारी दिएका छन ।
लामो समय सम्म शिक्षण पेशा र सामाजिक कामहरुमा संलग्न हुँदै आएका गौतमले पार्टीको नगर समितिमा बसेर काम गरिसकेको अनुभवपछि १४ औं अधिवेशनदेखि जिल्ला नेताका रुपमा आफूलाई दर्ज गराउने यात्रामा होमिएका हुन ।
गौतमले भने– मैंले नगरमा रहँदा पार्टीले दिएको जिम्मेवारी कूशलतापूर्वक पूरा गरेको छु । प्रदेश क्षेत्र र संघीय निर्वाचन क्षेत्रमा पनि धेरै साथीहरु अटाउनु भएको छ अब जिल्ला सदस्यमा मलाई अटाउनु हुनेछ भन्नेमा विश्वस्त छु ।
नेपाल शिक्षक संघमा २०४८ सालदेखि आवद्ध भई यसअघि दमकको दुम्सेस्थित चुलाचुली आधारभुत बिद्यालयबाट शिक्षण सेवा शुरु गरेका गौतमले दिपिनी आबिबाट अवकाश लिएका हुन । यस अघि शिक्षक संघको नगर सहसचिव र क्षेत्रीय कोषाध्यक्ष हुँदै पार्टी राजनीतिमा सक्रिय भएका उनको उम्मेदवारीले कार्यकर्ताहरु माझ चर्चा पाएको छ । गौतम धनेश्वर बचत तथा ऋण सहकारी संस्था, रुपान्तरण उपभोक्ता सहकारी संस्थाको सञ्चालक तथा ट्राफिक व्यवस्थापन समिति, ज्येष्ठ नागरिक प्रतिष्ठान, रेडक्रस लगायतका संस्थामा समेत आवद्ध छन ।

Facebook Comments Box