दमक/विनोद चापागाइँ दमकमा युवा बिद्यार्थीमाझ लोकप्रिय हुँदै प्राज्ञिक क्षेत्रमा उदाउँदो नाम हो । नेविसंघ झापाको नेतृत्व गर्दै बिद्यार्थी आन्दोलनमा सक्रिय सहभागी हुदै आएका चापागाइँ दमक बहुमुखी क्याम्पसमा निर्वाचित स्ववियु सभापति पनि हुन ।

एमालेको पकड क्षेत्र मानिएको दमकमा रहेको पूर्वकै प्रतिष्ठित र नाम चलेको सामुदायिक क्याम्पसका रुपमा रहेको दमक बहुमुखी क्याम्पसका हजारौं बिद्यार्थीको नेतृत्वदायी निकाय स्वतन्त्र बिद्यार्थी युनियन ( स्ववियु) को सभापतिमा विजयी भएर यस क्षेत्रमा स्थापित बनेका चापागाइँले मसिंर १० मा हुने कांग्रेस झापाको निर्वाचनमा जिल्ला सदस्य पदमा उम्मेदवारी दिएका छन । पार्टीमा युवा बिद्यार्थीको पहुँच स्थापित हुँदै गएको पुस्तान्तरणको प्रकृया चलिरहेकाले आफूले पनि नेतृत्व वर्गको सुझाव र सल्लाहका आधारमा सो पदमा उम्मेदवारी दिएको चापागाइँको भनाई छ । दमक ३ ढुकुरपानीका स्थायीबासिन्दा बिद्यार्थी नेता चापागाइँले स्नाकोत्तर तह सम्मको अध्ययन पूरा गरेका छन । उनी एक बर्षदेखि दमक बहुमुखी क्याम्पसमा अध्यापन समेत गराउँदै आएका छन । दमकको राजनीतिमा उदाउँदो नयाँ पुस्तामा चापागाइँलाई शालिन, भद्र र अनुशासित व्यक्तित्वका रुपमा लिइन्छ ।