भुमिराज राई नेपाली कांग्रेस झापाको राजनीतिमा परिचित नाम हो । नेपाल तरुण दल झापाको पूर्व सभापति समेत रहेका राई कांग्रेस झापा क्षेत्र नं ५ को महाधिवेशन प्रतिनिधिको उम्मेदवार पनि हुन । युवाहरु माझ कांग्रेस राजनीतिमा चर्चाका पात्र बनेका राई दमक ७ का स्थायीबासिन्दा हुन । राजनीतिसंगै व्यवसाय र सामाजिक क्षेत्रमा पनि क्रियाशील रहेका उनले राजनीतिक आन्दोलनहरुमा सक्रिय नेतृत्वको भुमिका निर्वाह गरि आएका छन ।
२०६२/०६३ को जनआन्दोलनमा केही दिन सेनाको हिरासतमा कष्टकर बसाइको अनुभव छ उनमा । जनआन्दोलनको समयमा तत्कालिन शाहिकालिन सरकारले युवा बिद्यार्थीहरुलाई तार्गेट गरेर घर घरबाटै नेताहरुलाई गिरफतार गर्ने क्रम थियो त्यो बेला जनआन्दोलनमा सहभागी भएकै कारण उनले सेनाको हिरासतमा कैयौं दिन विताउनु परेको थियो । कांग्रेसमा तरुण अर्थात युवाहरुको सक्रियताको मुल्याङकन नहुँदा युवा पुस्ता राजनीतिबाट पलायन हुने खतरा बढिरहेको भन्दै १४ औं महाधिवेशनमा युवाको मत युवालाई हुनुपर्ने उनको धारणा छ । राई झापा क्षेत्र नं ५ मा आदिवासी जनजाती कोटाबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवारका रुपमा उभिएका छन । कार्यकर्ताहरुसंग बाक्लो भेटघाट र अन्तरक्रियामा रहेका राईले सुदृढ र एकताबद्ध कांग्रेस निर्माणका लागि आफनो उम्मेदवारी रहेको बताएका छन ।
