लामो समयदेखि व्यवसायसंगै सामाजिक सेवामा अलग किसिमको पहिचान बनाएका व्यक्ति हुन राजेन्द्रकुमार अग्रवाल (राजु) । नेपाली कांग्रेसका पुराना कार्यकर्ता मध्येमा पर्छन उनी । मारवाडी समुदायमा मात्रै नभएर सिंगो समाजमा उनको योगदानको प्रशंसा गर्नेहरुको कमि छैन ।


दमक उद्योग वाणिज्य संघको सल्लाहकार संयोजक भएका उनले उद्योगी व्यवसायीहरु माझ अभिभावकको भुमिका निर्वाह गर्दै आएका छन । मारवाडी सेवा समिति दमकका पूर्व अध्यक्ष समेत रहेका अग्रवालकै नेतृत्वमा नेपाल भारत मैत्री संघ दमकको स्थापना भएको हो । उनी मैत्री संघका पूर्व केन्द्रिय सदस्य समेत हुन । पार्टीले जुनसुकै किसिमका संघ संस्थामा निर्वाचन लडदा होस वा अन्य परोपकारका काम गर्न खोज्दा धेरैले अग्रवालको नाम लिने गर्छन । व्यवसायसंगै समाजसेवाका क्षेत्रमा उनले निर्वाह गरेको योगदानका बिषयमा कांग्रेस भित्र वा बाहिर उत्तिकै चर्चा हुने गर्छ । उनलाई दमकमा कांग्रेसको एउटा बलियो खम्बाका रुपमा लिनेको संख्या पनि उत्तिकै छ । कांग्रेसको १३ औं महाधिवेशन प्रतिनिधिको प्रत्यासी रहेका अग्रवालले १४ औं महाधिवेशनमा पनि आफनो प्रयत्नलाई जारी राख्ने भएका छन । आफना शुभचिन्तकहरुसंगको बहस र छलफलपछि अग्रवालले मधेसी कोटाबाट महाधिवेशन प्रतिनिधिमा आफनो उम्मेदवारी प्रस्तुत गरेर कार्यकर्ताहरुको घरदैलोमा गइरहेका छन । झापा क्षेत्र नं ५ को भुगोल निक्कै फराकिलो भएको र कांग्रेस पार्टी कार्यकर्ताहरुनै ठुलो संख्यामा भएका कारण सबैका घर घरमा पुग्न नसकेपनि निर्वाचनमा आफूले पार्टीलाई गरेको योगदानको मुल्याङकन हुनेमा आफू विश्वस्त रहेको उनले बताए । अग्रवालले भने– मैंले गरेको योगदानलाई नेता, कार्यकर्ताहरुले तिर्नुहुनेछ कांग्रेसमा मैंले जे जति गरेको छु त्यसको मुल्याङकन गरेर विवेकपूर्ण र न्यायपूर्ण मतदान गर्नुहुनेछ भन्नेमा विश्वस्त छु ।

Facebook Comments Box