झापाको राजनीतिमा गिने चुनेको नाम हो सुरेश सुब्बा । दमक १ निवासी सुब्बा २०४६ सालको जन आन्दोलनमा सहभागी हुने दमकका ७/ ८ जना कांग्रेस कार्यकर्ता मध्येमा पर्छन । जनआनदोलनमा स्वर्गीय ओलाङचुङ देवानसंगै सहभागी भएका सुब्बा पुराना दिनहरुको स्मरण गर्दै भन्छन–मैंले उहाँ ( ओलाङचुङ देवा)संगै काम गरेको हुँ । त्यो बेला हामीले युथले गर्ने काम हामीले गरेका थियौं । नेपाली कांग्रेसको राजनीतिमा २०३५/०३६ ताकादेखि जोडिएको उनको नाम निरन्तर अगाडी आइरहन्छ ।

धरानमा स्कूल पढदा पढदै बिद्यार्थी कालमा नेविसंघको कार्यकर्ताको पहिचान बनाएर कांग्रेस राजनीतिमा प्रवेश गरेका उनी उच्च शिक्षा हासिल गर्ने क्रममा आरआर क्याम्पस काठमाडौंमा पनि नेविसंघको इकाईमा रहेर काम गरेको बताउँछन ।
आफनो बसोबासलाई स्थायीत्व गर्ने क्रममा उनको राजनीति पनि झापाको पश्चिम भुगोलमा जोडिन पुगेको हो । पार्टीको १० औं महाधिवेशनदेखि लगातार महासमिति सदस्यका रुपमा रहँदै आएका सुब्बा २०४९ को स्थानीय निर्वाचनमा र २०७० को संविधान सभा निर्वाचन परिणामको सामना गरेका नेता हुन । उनले २०७० को निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीसंग चुनावी प्रतिस्पर्धामा उत्रिने साहस गरेका थिए । सुब्बा भन्छन– मैंले चुनाव जित्न सकिन त्यो अलग बिषय हो तर कांग्रेसको खम्बा बनेर त उभिएँ । त्यो साहस अरुले गर्नै चाहेनन ।
आसन्न १४ औं महाधिवेशनमा केन्द्रिय महाधिवेशन प्रतिनिधिको उम्मेदवार मात्रै होइन नेतृत्वकर्ताका रुपमा देखिएका छन सुब्बा । कार्यकर्ताहरुको एउटा पत्तिंmले पाका नेतृत्वलाई विश्राम गर्न गरिरहेको संकेतका बिषयमा लगातार महासमिति सदस्य बनेका सुब्बाले भने– खै म संग त्यस्तो कुरा आएको छैन ।

कुराकानीकै सिलसिलामा उनले बिषयान्तरको प्रयास गर्दै कांग्रेसले १३ औं महाधिवेशन पश्चात नेपाली जनतालाई सार्वभौम बनाएको, देशमा नयाँ संविधान लागू गरेको सबैलाई सार्वभौम र अधिकार सम्पन्न बनाउनकै लागि साढे ६ दशक समय बिताएको र पटक पटकका राजनीतिक व्यवस्था परिवर्तन सम्बन्धिका आन्दोलनहरुको नेतृत्व गरेको भन्दै अब बिकासमा सिर्जनात्मक र रचनात्मक काम गर्दै भ्रष्टाचारमुक्त बनाउन, सुशासन लागू गर्न, विधि र सिस्टमको लागि काम गर्नुपर्ने बेला आएको र त्यसको नेतृत्व कांग्रेसले लिनुपर्ने समय आएको जिकिर गरे ।
स्थानीय लगायतका सबै तहका निर्वाचन नजिकै गर्नुपर्ने परिस्थिति बनिरहेका बेला स्थानीयस्तरमा कांग्रेस भने आन्तरिक अधिवेशनमा नेतृत्व चयनको बिषयले किचलोमा परिरहेको बिषयलाई उनले स्वभाविक भन्दै कांग्रेसको राजनीतिमा निष्ठाको खडेरी पर्न नहुने सुझाए । भद्र, शालिन र निष्ठावान नेताको पहिचान बनाएका सुब्बा यस क्षेत्रमा एमालेका सबैभन्दा धेरै संगठित सदस्य भएपनि एक पटक कांग्रेस र माओवादीले समेत निर्वाचन जितेको उदाहरण प्रस्तुत गर्न पछि परेनन । सुब्बाले भने– यहाँ एमालेले एक्लै राज गर्न सकेको छैन, एमाले इतरले पनि यहाँ चुनाव जितेका छन ।
उनले पार्टीको १४ औं अधिवेशन एकताको अधिवेशन पनि भएको चर्चा गर्दै भने– स्थानीयस्तर ( झापा ५ ) मा पनि त्यो प्रयास नगरेको होइन , साथीहरुसंग कुराकानी पनि भएको हो तर कुराकानी निचोडमा पुग्न नसकेपछि पार्टीलाई बैधानिक निकास दिन , स्वस्थ प्रतिस्पर्धाको बाटो अपनाइएको हो यसैलाई एकतामा कमजोर भएको वा गुट उपगुट भएको जस्तो देखिएको मात्रै हो यसैलाई पार्टीमा अनेकता आयो भन्ने सोचिनु हुँदैन । उनले स्थानीयस्तरमा अधिवेशनपछि जसले लिएपनि कांग्रेसले यहाँको नेतृत्व लिन्छ यो त केवल योग्यता, क्षमता र विगतको क्रियाशीलता, इमान्दारिता समेतलाई कार्यकर्ताहरुले मापन गरेर सहि नेतृत्व चयन गर्ने हो । अहिले अधिवेशन छ मन मिल्ने मन मिल्ने ्साथीहरु केही समयका लागि अलग अलग समुहमा भेला हुन्छन अधिवेशन सकिएपछि सबै एकठाउँमा भइनै हाल्छन ।
अधिवेशनमा देखिएको टुट फुट र गुटको उपज अधिवेशन सकिएपछि सजिलै सकिने कुराको ग्यारेन्टी के छ ? भन्ने निष्कर्ष न्यूजको जिज्ञासा मेटन नेता सुब्बाले जो राजनीतिक रुपमा प्रशिक्षित नभएको, संस्कारयुक्त राजनीति नगर्ने वा राजनीतिक ज्ञानको कमी भएकाले मात्रै त्यसो गर्ने हो भन्ने तर्क पेश गरे । उनले भने– एउटा समय आउँछ हामी सबै कुरालाई थाती राखेर एकताबद्ध भएर अघि बढनुपर्छ । हामी सबैको पार्टी एउटै कांग्रेस हो, अधिवेशनमा आएको चुनावी परिणाम इगोका रुपमा रहँदैन, सबै एक ठाउँमा हुन्छौं । उनले निष्ठा, विचार, इमान्दारिता र निरन्तरता पार्टी भित्र आजको आवश्यकता भन्ने नारा अघि सारेका छन । यो नारालाई आत्मसाथ गर्ने कांग्रेसको खडेरी पर्दा यस क्षेत्रका धेरै जसो चुनावमा हार ब्यहोर्नुपरे पनि यो अधिवेशनले निष्ठावान नेता, सक्षम, सवल र जुझारु युवा कार्यकर्ताहरुलाई स्थापित गर्ने भएकाले आउँदा निर्वाचनको परिणाम कांग्रेसको पक्षमा आएरै छोडने दाबी पनि गरेका छन ।

Facebook Comments Box