दमक/  दमकको सामाजिक क्षेत्रमा क्रियाशील शान्ति पौडेलले नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गतको भोली (शुक्रबार) हुने निर्वाचनमा प्रदेश  प्रतिनिधिमा उम्मेदवारी दिएकी छन । खस आर्य महिला समुहमा उम्मेदवारी दिएकी उनले कांग्रेसलाई दमकमा एक नम्बरकोे पार्टीका रुपमा स्थापित गर्न आफूले पार्टीको सक्रिय राजनीति रोजेको बताइन ।


नेपाल किसान संघ दमक नगर कोषाध्यक्ष समेत रहेकी पौडेल स्थानीय चुनावमा वडा सदस्यकी महिला उम्मेदवारका रुपमा थिइन । दमक ५ बाट क्षेत्रीय प्रतिनिधि चुनिएकी उनले थुप्रै सामाजिक संघ संस्थाहरुमा रहेर नेतृत्वदायी भुमिका निर्वाह गरेकी छन । महिलाहरुमा आर्थिक सशक्तिकरण ल्याउने उद्धेश्यले सञ्चालित प्रशान्ति वचत तथा ऋण सहकारी संस्थाकी कार्य समिति सदस्य, पशुपति आध्यात्मिक महिला समुह र नारी बिकास संघको कार्य समिति सदस्य समेत रहेकी छिन । उनी लायन्स क्लब अफ दमक सेविका, दमक जेसीज लगायतका संघ संस्थामा पनि रहेर सक्रिय भुमिका निर्वाह गर्दै आएकी छिन ।

Facebook Comments Box