दमक/राष्ट्रिय पार्टीहरु आआफनो अधिवेशनमा केन्द्रित भइरहेका बेला पूर्व क्षेत्रमा १५ बर्ष अघिदेखि क्षेत्रीय दलका रुपमा क्रियाशील संघीय लिम्बुवान मञ्च, नेपालले पनि आफनो सांगठनिक क्रियाकलाप बढाएको छ । निकट भविष्यमा हुने स्थानीय , प्रदेश तथा संघीय निर्वाचनलाई लक्षित गर्दै सो दलले आफनो तल्लो तहका कमिटीहरुको आन्तरिक अधिवेशनसंगै संगठन निर्माणलाई अघि बढाएको हो । सो क्रममा बुधबार संघीय लिम्बुवान मञ्च नेपाल जिल्ला कार्य समिति इलामको तेस्रो अधिवेशन सम्पन्न भएको छ ।

मञ्चका प्रान्तीय उपाध्यक्ष डुपछिरीङ काजीको प्रमुख आतिथ्यमा आयोजित अधिवेशनको बन्दसत्रले विपीन योङयाको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
अधिवेशनले योङयाको अध्यक्षतमा ३१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । निर्वाचित कार्य समितिको उपाध्यक्षमा फूलकुमार सेर्मा, विरेन सम्बाहाम्फे, सनबहादुर योङहाङ, पूर्ण फत्र निर्वाचित भएका छन् । त्यसैगरी समितिको सचिवहरुमा अम्बिका योङहाङ, जित कुमार मुखिया र राजन लिम्बु निर्वाचित भएका छन् भने अर्थसचिवमा सम्झना लावती पनुः निर्वाचित भएकी छन् । त्यसैगरी सचिवालय सदस्यहरुमा सीता लावती, विर बहादुर सेर्मा, प्रेमसिं थेगिम, दुर्गा देगिम, प्रसान्त राई, टंक बहादुर नुगो, सुस्मा फागो निर्वाचित भएका छन् ।
यसरी नै जिल्ला कार्य समिति सदस्यहरुमा टिकानाथ भट्टराई, धनराज योङहाङ, दुर्गासिं योङया, सन्त कुमार राई, लाल बहादुर चाम्लिङ, केहेर सिं लावती, रमेश फत्र, सन्तोष इवा, शिव केरुङ, सन्जीव मगर, विरेन थेवे, अमित चेम्जोङ, बालछिरिङ लेप्चा, फाल्गुनन्द योङहाङ र विष्णु कुरुम्फङ निर्वाचित भएका छन् ।
सो अवसरमा मञ्चका प्रान्तीय महासचिव शान्ता योङहाङ, उपमहासचिव दिलकुमार लावती, संघीय सचिवालय सदस्य हेम बहादुर लिम्बु, सुख बहादुर थेगिम, प्रान्तीय सदस्यहरु सन्तोष तुम्बापो, कुमार तुम्बापो, गोविन्द योङहाङ, राम नुगो लगायत नेताहरुले शुभकामना मन्तव्य राखेका थिए ।