दिल बहादुर बुढाथोकीलाई झापाको पश्चिम भुगोलमा कांग्रेस राजनीतिक खेलाडी नेताका रुपमा लिइन्छ । २०४६/०४७ सालदेखिनै निरन्तर कांग्रेसको सबैभन्दा तल्लो तहदेखि उठेर आएको उनको राजनीति महासमिति सदस्य सम्म पुगिसकेको छ ।

त्यो बेला बुथ समिति भनिन्थ्यो पार्टीका प्रतिनिधिहरु निर्वाचनमा पार्टीका तर्फबाट संयुक्त रुपमा बुथ समिति बन्थ्यो मैंले त्यो समितिको सचिव पदमा रहेर पहिलो जिम्मेवारी पूरा गरेको स्मरणमा छ – बुढाथोकी भन्छन ।
त्यसपछि पार्टीका हरेक तह तप्कामा रहँदै उनले पार्टी महाधिवेशन प्रतिनिधिको यात्रा तय गरे । महासमिति पनि बने । उनी अहिले पनि झापा ५ मा कांग्रेसको महासमिति सदस्य छन । अहिले सम्म पार्टीको आन्तरिक चुनाव होस वा अन्य चुनावमा प्राय जसो मत परिणामको सम्भावनाबारे निक्कै सुक्ष्म र चातुर्यतापूर्वक अनुमान लगाउन सक्ने नेताको छवि उनले बनाएका छन ।
त्यसैकारण पनि उनलाई निर्वाचन परिणामको गणितका गुरुका रुपमा लिने कतिपय कांग्रेस कार्यकर्ताहरु छन । आसन्न १४ औं महाधिवेशनमा खुल्ला तर्फका केन्द्रिय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका उनले यसपटकको चुनावलाई आफनो मात्रै नभएर यो क्षेत्रमा सिंगो पार्टीको भाग्य र भविष्य फैसला गर्ने चुनौतीका रुपमा लिएका छन ।
चुनावमा हार जितको बिषयले आफूमा कहिल्यै निराशा वा उन्माद केही पनि नआउने बताउँदै बुढाथोकीले आफनो उम्मेदवारीले कोही पनि तरुण युवाहरुलाई अवरोध नगर्ने तर्क गरेका छन । मेरो राजनीतिक करिअरलाई अहिलेनै रोक्न सक्दिन म राजनीतिक प्राणी भएका कारण म मेरो राजनीतिक यात्रालाई निरन्तरता दिन चाहन्छु – बुढाथोकी भन्छन ।
त्यसपछि पार्टीको नगर समिति सचिव रहेका उनले २०४९ सालको स्थानीय निर्वाचनमा पार्टीले पराजय ब्यहोर्नु परेपछि पदबाट राजीनामा दिएका थिए । बुढाथोकी आफनो राजनीतिक जिवनको स्मरण गर्दै भन्छन– त्यसबेला नैतिकता र इमानको राजनीति हुन्थ्यो, मैंले पनि पार्टीले चुनाव हारेपछि सचिवबाट राजिनामा दिएको थिएँ ।
कांग्रेसमाथि लाग्दै आएका राजनीतिक आरोपको खण्डन गर्दै उनी भन्छन– मुलुकले विश्वास गरेको पार्टी ,मुलुक संकटमोचन गर्ने पार्टीका रुपमा नेपाली कांग्रेसलाई लिइन्छ । जव देशमा संकट उत्पन्न हुन्छ ,त्यसवेला कांग्रेसमाथि नेपालका दलहरुसहित हरेक नेपालीको सद्भाव र भरोसा रहिआएको छ । त्यसकारणले यो पार्टी कांग्रेसजनको मात्र होइन,यो सम्पूर्ण देशकै पार्टी हो र जेठो पार्टी पनि हो भन्ने लाग्छ । त्यसैले कांग्रेसले बाटो विरायो ,माओवादीको पुच्छर लाग्यो भन्ने आरोप केवल मिथ्या मात्र हुन् । यतिलामो इतिहास र संघर्ष गरेको पार्टी हिजोकै लयमा छ, बाटो विराउदैन् । कांग्रेसमा बैचारिक रुपमा अभिव्यक्ति स्वतन्त्रता रहेकाले पनि कुनै नेताले बोलेको कुरा प्रति विश्वास गर्न सकिने आधारहरु नभएकोमा भने सत्यता रहेको बुढाथोकीको बुझाई छ ।
