१.१ सवै सामुदायिक विद्यालयहरुमा अपांगता तथा बालमैत्रीे भौतिक पूर्वाधार निर्माण र शैक्षिक गुणस्तर अभिवृद्धिका साथै अंगे्रजी माध्यमबाट पठनपाठन गराउने सामुदायिक विद्यालयहरुलाई प्रोत्साहनको व्यवस्था गरिनेछ ।
१.२ बालमैत्री स्थानीय शासनलाई प्रर्वद्धन गर्न बाल समूहहरुको गठन तथा परिचालनमा जोड दिनेइछ ।
१.३ पठनपाठनलाइ प्रविधि मैत्री बनाउन जोड दिईनेछ ।
१.४ विद्यालयमा बाल क्लब मार्पmत विद्यार्थीहरुलाई खेलकुद र अतिरिक्त क्रियाकलापमा सहभागी गराउन विशेष महत्व दिइनेछ ।
१.५ शिक्षामा पछाडी पारिएका विपन्न तथा जेहेन्दार कक्षा ११, १२ र क्याम्पस तहका छात्राहरुलाइ साइकल वितरण कार्यलाई निरन्तरता दिइनेछ ।
१.६ विद्यालयमा पठनपाठन, अतिरिक्त क्रियाकलाप, व्यवस्थापन र अनुशासनलाइ समेत आधार बनाइ पुरस्कार र दण्डको व्यवस्था गरिनेछ ।
१.७ विद्यालयमा दिगो खानेपानी सरसफाई तथा स्वच्छता प्रवद्र्धन गरी शैक्षिक उपलव्धी बढाउन अनुकुल वातावरण बनाउने प्रयास गरिनेछ ।
१.८ समुदायिक विद्यालयका शिक्षक÷शिक्षिकहरुलाई आवश्यकता अनुरुप तालिमको व्यवस्था मिलाइनेछ ।
१.९ सामुदायिक विद्यालयहरुलाई नमुना विद्यालयको रुपमा विकास गर्न पहल गरिने छ ।
१.१० यस गाउँपालिकामा सञ्चालित एक मात्र गौरीगञ्ज बहुमुखी क्याम्पसलाई सक्षम बनाउन सञ्चालन अनुदान उपलव्ध गराइनेछ ।
१.११ आधारभूत तथा एस.इ.इ. परीक्षामा सर्वोत्कृष्ट हुने छात्रछात्राहरुलाई पुरस्कारको व्यवस्था गरिनेछ ।
१.१२ गा.पा. स्तरीय आधारभुत तहको अन्तिम परिक्षा (कक्षा आठ) मा स्थानीय भाषा, सीप विकाससंग सम्बन्धित ७५ ं २५ . १०० पूर्णाकंको विषयको पाठ्यक्रम निर्माण गरी स्थानीय विषय समावेश गरिनेछ ।
१.१३ छ वर्ष उमेर पुगिसकेका बालबालिकाहरुलाई विद्यालयमा अनिवार्य भर्ना कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
१.१४ स्थानीय शिक्षा ऐन उल्लंघन गर्ने विद्यालय तथा शिक्षकहरुलाई कारवाहीको दायरामा राख्ने तथा उत्कृष्ट शिक्षकहरुलाई प्रोत्साहन गर्ने नीति लिइनेछ ।
१.१५ प्रत्येक शिक्षकले त्रैमासिक वा चौमासिक रुपमा लिने परीक्षामा तोकिएको कुल पाठ्यभारमा आउने औषत पाठ्यभार अध्ययन अध्यापन गराइ सक्ने नीति अवलम्बन गरिनेछ ।
१.१६ सामुदायिक विद्यालयका बाल विकास केन्द्रका शिक्षकहरु र विद्यालयका कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप पोशाक र अन्य भत्ता दिइने नीतिलार्ई निरन्तरता दिइनेछ ।
१.१७ सामुदायिक विद्यालयहरुलाई विद्यार्थीहरुको संख्या तथा कक्षाको आधारमा नपुग शिक्षकहरुको व्यवस्थापनका लागि गाउँपालिकाबाट स्वयंसेवक शिक्षकको व्यवस्था गर्ने नीति लिइनेछ ।
(गौरीगञ्ज गाउँपालिकामा असार १० गते भएको चौथो गाउँ सभामा उपाध्यक्ष दिपिन्द्र थापाले प्रस्तुत गरेको गाउँपालिकाको नीति कार्यक्रममा उल्लेखित शिक्षा नीति)

Facebook Comments Box