दमक/झापाको शिवसताक्षी १० स्थित भित्रि पक्की सडक खण्डमा आज आईतबार बिहान साढे ११ बजे स्कारपियोको ठक्करबाट एक जनाको ज्यान गएको छ । उत्तर तर्फआउँदै गरेको को१च ७४१६ नम्बरको स्कारपियोले पैदलयात्री सोही ठाउँकी ७१ बर्षिया ललिता कट्वाललाई ठक्कर दिँदा घटनास्थलमानै मृत्यु भएको हो । स्कारपियोका चालक देउमाई ३ का ३२ बर्षिय पुर्ण खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।