दमक/ सुनसरीको गढी गाउँपालिका–६ मा रहेको कोशी ईट्टा उद्योगमा पानी जमेको खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको छ । सो ईट्टा भट्टाका कामदार भारतिय नागरिक सरोद बरमडका ४ बर्षीय छोरा दिपु बरमड र मिथु बरमडका ४ बर्षीय छोरा पियाउ बरमडको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो ।
आईतवार अपरान्ह ४ बजे खेल्दै गरेका बालक अचानक पानी जमेको खाल्डोमा डुबेका थिए । उनको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ईनरुवा लगिएकोमा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।