दमक/ ओखलढुङगाको सुनकोशी गाउँपालिका–९ बुलडाँडामा आज बिहान भएको बोलेरो दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाईते भएका छन् । आज बिहान साढे ७ बजे ओखलढुङगाको च्यामनबाट ककनी मन्दिर तर्फ दर्शनार्थी बोकेर जाँदै गरेको प्रदेश–३–०१–०२२ च ९६९४ नम्बरको बोलेरो गाडी आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु तथा १२ जना घाइते भएका हुन् ।
दुर्घटनामा परी सिद्धिचरण नगरपालिका–१० की ३५ बर्षीया मिठुमाया मगर, १६ बर्षीया तुलसा मगर, १९ बर्षीय खगेन्द्र मगर र ३६ बर्षीया शान्तामाया मगरलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । दुर्घटनामा घाईते भएका मध्ये ४ जनालाई मुस्ताङ एयरको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौ पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।