दमक/महेन्द्र भट्टराई नेपाली बिद्यार्थी आन्दोलनका एक जना सशक्त र जुझारु कार्यकर्ता हुन । झापाको कमल गाउँपालिका वडा नं १ का स्थायीबासिन्दा भट्टराई नेविसंघमा आवद्ध भएर बिद्यार्थी आन्दोलनको नेतृत्वदायी भुमिका निर्वाह गरेका पात्र हुन ।
२०५९ सालको जेठ २१ गते तत्कालिन विद्रोही नेकपा माओवादीका कार्यकर्ताले उनको घरमा सांघातिक आक्रमण गरेपछि भट्टराई परिवार कमल १ बाट विस्थापित समेत भएको थियो । काठमाडौंमा रहँदा अध्ययनकै क्रममा २०६१ मै नेविसंघमा आवद्ध भएर उनले राजनीतिक आन्दोलनहरुमा सक्रिय सहभागिता जनाए । शैक्षिक तथा राष्ट्रियता सम्बन्धिका आन्दोलनका क्रममा उनले लगभग देशका सबै जसो जिल्लामा पुगेर सहभागिता जनाएका छन ।

सीमा अतिक्रमणका विरुद्धमा होस वा विभिन्न किसिमका भ्रष्टाचार र सामाजिक कुरितीका विरुद्धको संघर्षका क्रममा जनचेतनामुलक र दबाबमुलक कार्यक्रमहरुको अगुवाई गर्दै उनले देशका विभिन्न युवा बिद्यार्थीहरु परिचालनमा सक्रियता देखाएका बिद्यार्थी नेता हुन भट्टराई । भट्टराई २०६२ फागुन १४ मा भएको स्वतन्त्र विद्यार्थी युनियनका निर्वाचनमा कोटेश्वर बहुमुखी क्याम्पसमा नेविसंघको तर्फबाट सदस्यमा निर्वाचित भएका बिद्यार्थी नेता भट्टराई २०६४ मा भने सो क्याम्पसको स्ववियु सभापतिमा नै निर्वाचित भएर नेविसंघ र कांग्रेसको शिर उचो बनाएका व्यक्तित्व हुन । काठमाडौंमा बिद्यार्थी तथा राजनीतिक आन्दोलनका क्रममा पटक पटक प्रहरी गिरफतारीमा परेका उनीमाथि तत्कालिन राजावादीहरुको समुहले पनि सांघातिक आक्रमण गरेर घाईते बनाएको उनी बताउँछन ।
बिद्यार्थी राजनीतिबाट क्रमैसंग पार्टीको मुल राजनीतिमा आफूलाई समर्पित गने उद्धेश्यले उनी कांग्रेसको १३ औं महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधिको चुनावी मैदानमा थिए । सो अधिवेशनमा झिनो मतले पराजित भएपनि यतिबेला उनी आफनो निर्वाचन क्षेत्र झापा क्षेत्र नं ५ मा कांग्रेसको तर्फबाट पुन खुल्ला महाधिवेशन प्रतिनिधिको उम्मेदवार छन । आफनो उम्मेदवारीको सुनिश्चित गर्दै मतको अपेक्षासहित मतदाताहरु माझ अहोरात्र खटेर पुगिरहेका छन उनी । मैंले सके सम्म र स्मरणमा भए अनुसार सबै क्षेत्रीय प्रतिनिधि, वडा सभापति, गाउँ सभापतिहरुसंग प्रत्यक्ष साक्षात्कार गरेर आफनो उम्मेदवारीको औचित्य बारे बताएको छु । सबैले सकारात्मक प्रतिक्रिया दिनु भएको छ– भट्टराई भन्छन । कांग्रेसमा अहिले चर्को रुपमा उठिरहेको पुस्तान्तरण र रुपान्तरणको मुद्धामा केन्द्रित भएका भट्टराई भन्छन– पार्टी यहि ढंगले मात्रै चल्दैन, अब पुस्तान्तरण हुनुपर्छ, रुपान्तरण हुनुपर्छ ।
