दमक/ प्रदेश एकका दुई जिल्लामा भएका अलग अलग घटनामा तीन जनाको ज्यान गएको छ । धनकुटा पाख्रिबास नगरपालिका ८ लुम्बुवा टोल स्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटनामा चालक पाख्रिबास ७ थाक्लेका २१ बर्षिय टंकबहादुर तामाङको मृत्यु भएको हो । आज शनिबार दिउँसो साढे दुई बजे पाख्रिबासबाट घामे तर्फ जादै गरेको को २ त १०४३ नम्वरको खाली ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्रयाकटरको ईन्जिनको भागले च्यापेर चालक तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
त्यसैगरी सुनसरीका दुई स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका १० वसियनपार्कका ४५ बर्षीय धन प्रसाद राई र धनकुटा पाख्रीबास नगरपालिका १० घर भई हाल ईटहरी उपमहानगरपालिका १७ स्थित दिदीको घरमा बस्दै आएको १४ बर्षीय दगेन्द्र तिमल्सिना रहेका छन् । आज शनिबार दिउँसो ३ बजे घरको पिलर लगाउने क्रममा भाईब्रेसन मेसिनबाट करेन्ट लागेर घाईते भएका तामाङको उपचारको क्रममा बिराट टिचिङमा मृत्यु भएको हो भने तिमल्सिनाको आज बेलुका ४ बजे घर नजिकै नहरको पानीमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

 

Facebook Comments Box