दमक/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ बाट चुनिनु पर्ने केन्द्रिय महाधिवेशन प्रतिनिधिहरु निर्विरोध निर्वाचित छन । यस क्षेत्रबाट १० जना महाधिवेशन प्रतिनिधि चुनिनु पर्नेमा शुक्रबार मनोनयनका क्रममा २५ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारी दर्ता गरेका अन्य उम्मेदवारहरुले फिर्ता लिएसंगै शनिबार निर्विरोध चुनिएका ३ महिलासहित १० महाधिवेशन प्रतिनिधिहरुको नाम सार्वजनिक भएको छ ।
पार्टी नेता कार्यकर्ताहरुले सामाजिक सञ्जाल मार्फत निर्विरोध निर्वाचित प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिएका छन । शुक्रबार सार्वजनिक भएको विवरण अनुसार क्षेत्र नं ५ अन्तर्गतको दमक नगरपालिकाका प्रमुख समेत रहेका पार्टी नेता रोमनाथ ओली, होमबहादुर थापा, अम्बिका खनाल र विष्णु खडका ( बराल) गौरादहबाट संविधान सभा सदस्य समेत रहेका नेता दिपक कार्की, मदन अधिकारी र नेतृ लिला कट्टेल प्रतिनिधि निर्वाचित भएका जनाइएको छ । त्यसैगरी कमलबाट गाउँपालिका अध्यक्ष समेत रहेकी नेतृ मेनुका काफले र नारायण गौतम निर्वाचित भएका छन भने गौरीगञ्जबाट सर्वसतलाल राजवंशी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन ।

 

Facebook Comments Box