लता चापागाइँ दमकमा कांग्रेसको महिला नेतृहरुको सूचीमा अग्रपंक्तिमा आउने नाम हो । भौगोलिक रुपमा दमकको उत्तरी क्षेत्र ढुकुरपानीमा रहेर राजनीतिक समाजिक क्षेत्रमा अढाई दशक अघिदेखि सक्रिय नेतृ चापागाइँको राजनीतिक यात्रा घर परिवारबाटै शुरु भएको हो ।


पारिवारिक पृष्ठभुमीनै कांग्रेससंग जोडिएकी चापागाइँ जन्मसिद्ध कांग्रेसकी सशक्त कार्यकर्ता हुन । यस क्षेत्रमा विर बहादुर प्रसाइँको सभापतित्वमा रहेको कांग्रेसको क्षेत्रीय समितिको सदस्यमा जिम्मेवारी निर्वाह गरिसकेकी उनी कांग्रेस दमक ६ को सभापति समेत भइसकेकी छिन । पार्टीमा महत्वपूर्ण हिस्सा ओगटने महिलाहरुलाई संगठित गर्ने अभियानमा पनि उनको सक्रियता उस्तै रहेको छ ।
नेपाल महिला संघ दमक नगर समितिको तत्कालिन सभापति समेत रहेकी उनी संघको जिल्ला सदस्यमा पनि मनोनित भएर जिम्मेवारी सम्हालिसकेकी नेतृ हुन । सरल र शिष्ट स्वभाव लताको विशेषता हुन । राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनहरुमा २०३५/०३६ देखिनै कुनै न कुनै रुपमा सहभागी हुँदै आएकी लताले पार्टीको मुल राजनीतिमा जोडिएर काम गर्ने प्रयास गरेपनि अघिल्लो १३ औैं महाधिवेशनमा झिनो मतान्तर ( ३ मत)ले पराजित हुन पुगिन ।

स्थानीयस्तरमा धेरै साथीहरु हुनुहुन्छ मैंले कांग्रेसमा सक्रिय भुमिका निर्वाह गर्दै गर्दा महिलाहरु महाधिवेशन प्रतिनिधि चुनिएपनि एक पटक मत हाल्ने बाहेक केन्द्रिय राजनीतिमा सशक्त भुमिका निर्वाह गर्न पाएको देखिन महाधिवेशन प्रतिनिधि महिलाहरुले संगठित रुपमा नै एजेण्डा बनाएर कांग्रेसमा अलि फरक किसिमको योगदान दिन आवश्यक देखेकी छु त्यसैले म महाधिवेशन प्रतिनिधिमा एकपटक जाने इच्छा राखेकी छु– खस आर्य महिला समुहको कोटाबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेकी चापागाइँले भनिन । अधिवेशन अब नजिकै आइसक्यो सबै आआफनो तयारीमा लागेको देखें म अघिल्लो पटक पनि झिनो मतान्तरले चुनिन सकिन यसपटक सबैले साथ सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएकी छु–चापागाइँले भनिन । हाल दमक ३ बाट पार्टीको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित चापागाइँ स्थानीयस्तरमा नारी सशक्तिकरण समाज मार्फत सामाजिक रुपमा महिलाहरुलाई संगठित गर्दै आएकी छिन । सो संस्थाले महिलाहरुका लागि सीपमुलक कार्यक्रमहरु सञ्चालनमा ल्याएर महिलालाई आत्मनिर्भर बनाउने योगदान गर्दै आएको छ । उनी दमक ३ स्थित बेलडाँगी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको उपाध्यक्षका रुपमा समेत सामाजिक जिम्मेवारी निर्वाह गर्दै आएकी छिन ।

 

Facebook Comments Box