दमक/ नेकपा एमालेले झापाको कमल गाउँपालिकामा संगठन निर्माणलाई तिव्रता दिएको छ । यसैक्रममा बिहिबार वडा नं. ६ मा तीन ओटा जनवर्गीय संगठनको नेतृत्व चयन भएको छ । पार्टी प्रदेश कमिटी सदस्य एवम् कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा युवा संघ, अखिल नेपाल किसान महासंघ र अखिल नेपाल महिला संघको वडा कमिटी घोषणा गरिएको हो ।

जस अनुसार युवा संघको अध्यक्षमा लक्ष्मी गौतम, उपाध्यक्ष रवि खड्का, सचिव राजन पोखरेल र उपसचिवमा लक्ष्मी अधिकारी र सागर रेग्मी रहेका छन् । यस्तै किसान महासंघको अध्यक्षमा चेवनाथ ढकाल, उपाध्यक्ष हरिप्रसाद मिश्र, सचिव पुष्पलाल पौडेल र उपसचिवमा पुष्प कोईराला र राजेन्द्र बराल रहेका छन् । यसैगरि शोभा तिम्सिनाको अध्यक्षतामा अखिल नेपाल महिला संघको वडा कमिटी पनि गठन गरिएको छ । वडा कमिटीको उपाध्यक्षमा पार्वता खनाल, सचिव निरु मैलानी ओली, उपसचिव सुमित्रा न्यौपाने र पवित्रा सुवेदी रहेका छन् ।
नवनिर्वाचित तीन ओटै जनवर्गीय संगठनका पदाधिकारीहरुलाई सपथ ग्रहण पनि गराईएको छ । अनेमसंघ केन्द्रिय सचिव समेत रहनु भएकी प्रमुख अतिथी काफ्लेले अनेमसंघ, पार्टी क्षेत्रीय सदस्य रघुनाथ मिश्रले किसान महासंघ र युवा संघ गाउँ कमिटी अध्यक्ष जीवलोक सापकोटाले युवासंघलाई सपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी काफ्ले, पार्टी प्रदेश कमिटी सदस्य बलराम गजुरेल, पार्टी जिल्ला कार्यालय सचिव शिव ढुंगेल लगायतले मन्तव्य राख्नु भएको थियो । पार्टीका वडा कमिटी अध्यक्ष तुलसीप्रसाद बास्कोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दिपक खड्काले स्वागत मन्तव्य राख्नु भएको थियो भने सचिव युवराज पाठकले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।