मोरङ / मोरङको रंगेली नगरपालिका ७ बक्राह खोलामा नुहाउन गएका २ जना युवक मध्ये एक जनाको मृत्यु भएको छ भने अर्का एक जना खोलामा डुबेर वेपत्ता भएका छन । प्रहरीका अनुसार आज (बुधबार) दिउँसो साढे १२ बजे भारतको मध्यापुरा सिंहेश्वरथाना घर भई रंगेली नगरपालिका ६ भन्सार टोलका सुरेश साहको घरमा पाहुना आएका २१ बर्षीय बिटु कुमार साहको डुबेर मृत्यु भएको हो । उनलाई खोलाबाट निकालेर उपचारका लागि रंगेली अस्पताल पुरयाउनसाथ चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
उनीसंगै खोलामा पसेका १८ बर्षीय राजा साह खोलामा बेपत्ता भएका छन । ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले डुबेर वेपत्ता साहको खोजी जारी रहेको जनाएको छ ।