काठमाडौं/ जलविद्युत कम्पनीहरुमा पनि मर्जर शुरु भएको छ । रिडी हाइड्रो पावर र रैराङ हाइड्रोपावर एक आपसमा गाभिने भएका छन् । रैराङ हाइड्रोपावरसँग मर्जर सम्झौता समेत भइसकेको रिडीका कर्पोरेट प्रवन्धक सन्तोष अधिकारीले जानकारी गराएका छन् ।
अधिकारीले नेपाल स्टक एक्सचेञ्मा गरेको पत्राचार अनुसार दुई कम्पनीहरुबीच मर्जरका लागि प्रारम्भिक सम्झौता भई दुवै तर्फबाट मर्जर कमिटि समेत बनिसकेको छ । मर्जर कमिटिले आवश्यक छलफल गर्ने सहमति जुटाउन बाँकी विषयमा सहमति गरेपछि दुई कम्पनीहरु एक आपसमा गाभिनेछन् ।