दमक/ नेपाली कांग्रेस दमक ४ को नवनिर्वाचित वडा समितिलाई पद हस्तान्तरण, देउसी भैलो समापन र नवप्रवेशीहरुलाई स्वागत कार्यक्रम गरिएको छ । पार्टीको १४ औं अधिवेशनबाट निर्वाचित वडा समितिलाई निवर्तमान समितिले पद हस्तान्तरण सहित तिहार तथा छठ पर्वको अवअसर पारेर शुभकमाना आदन प्रदान तथा देउसी भैलो समापन गरेको हो ।
नि वर्तमान वडा सभापति पुण्य दाहालको अध्यक्षतामा भएको पद हस्तान्तरणको दोश्रो चरण नव निर्वाचित वडा सभापति राजेन्द्र सिटौलाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा निवर्तमान वडा सभापति दाहालले सिटौलालाई माईन्युट खाता सहित पद हस्तान्तरण गरेका थिए ।
नेपाली कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपा एमाले सहित विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेस प्रवेस गर्ने ४७ जनालाई स्वागत गरिएको थियो । सो कार्यक्रममा नेकपा एमालेबाट ३० जना, माओवादी केन्द्रबाट ५ जना र १२ जना स्वतन्त्र व्यक्तिहरु कांग्रेसमा प्रवेश गरेका वडा सभापति सिटौलाले जानकारी दिए ।
झापा क्षेत्र नम्बर ५ का कांग्रेस नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमलाई पार्टीको आसन्न १४ औं महाधिवेशनमा बिभिन्न पदमा उम्मेदवारी घोषणा गरेका नेताहरुले मत माग्ने प्रयोजनमा समेत उपयोग गरेका थिए । 