दमक/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदेश नं १ को ऐतिहासिक प्रथम प्रदेश अधिवेशन दमकमा हुने निश्चित भएको छ ।
पार्टीको केन्द्रिय महाधिवेशन अघि हुनुपर्ने वडा, गाउँ नगर, क्षेत्र र जिल्लाको अधिवेशन सम्पन्न भइसकेकाले आगामी कार्तिक २८ र २९ गते दमकमा प्रदेश अधिवेशन आयोजना गरिएको सो पार्टीले जनाएको छ । दमकमा हुने सो अधिवेशनको उदघाटनका लागि पार्टीका केन्द्रिय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापा आउने निश्चित भएको छ ।

राप्रपा प्रदेश नम्बर एकका अध्यक्ष राम थापाले सो अधिवेशनको बन्द सत्रमा प्रदेश एक अन्तर्गतका १४ वटै जिल्लाबाट करिब ५ सय हाराहारीमा प्रतिनिधिहरु सहभागी हुने जानकारी दिए । अधिवेशनको तयारी बारेमा निष्कर्ष न्यूजसंग कुराकानी गर्दै अध्यक्ष थापाले यो प्रथम प्रदेश अधिवेशन पनि हो र एकताको अधिवेशन पनि हो त्यसकारण यस अधिवेशनले ऐतिहासिक महत्व राख्नेछ । पार्टीको प्रदेश अधिवेशनले प्रदेश समितिको आगामी ४ बर्षे कार्यकालका लागि नेतृत्व चयन समेत अध्यक्ष थापाले जनाएका छन । पार्टी विधान तथा निर्देशिकाले अधिवेशनमा सबै जाती जनजाती, उत्पीडित, महिलाहरुको समेत सहभागिता सुनिश्चित गरेको पनि अध्यक्ष थापाले जानकारी दिए । प्रदेश समितिका अध्यक्ष थापाले आगामी कार्यकालको लागि प्रदेश समिति अध्यक्षमा आफनो उम्मेदवारी रहने निश्चित भएको पनि जनाउ दिएका छन ।

Facebook Comments Box