दमक/इटहरी उपमहानगरपालिका ४ का बलिन्द्र अधिकारीका ४ बर्षीय छोरा दर्पण अधिकारीको पोखरीमा डुबेर मृत्यु भएको छ । आइतबार साँझ ६ बजे घर नजिकै रहेको पोखरीमा डुबेर घाईते भएका दर्पणको घोपा धरानमा उपचारको क्रममा रातीनै मृत्यु भएको हो ।
त्यसैगरी ओखलढुङगाको मोलुङ गाउँपालिका ७ पात्ले खानिचौरका २२ बर्षीय निमा शेर्पाको रुखबाट लडेर मृत्यु भएको छ । आइतबार दिउँसो ११ बजे घर नजिकैको रुखमा घाँस काट्न चढेका उनको रुखबाट लडेर घटनास्थलमै मृत्यु भएको हो । प्रहरी चौकी श्रीचौर र ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट घटनास्थलमा पुगेको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।