दमक/झापाको दमकसहित प्रदेश एका तीन ठाउँमा भएको सवारी दुर्घटनामा एकै परिवारका पति पत्नीको मृत्यु भएको छ । सुनसरीको कोशी गाउँपालिका ८ भण्टाबारी चोक स्थित पुर्व–पश्चिम राजमार्गमा आइतबार बिहान १० बजे बसको ठक्करबाट घाईते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाईकल चालक सोही ठाउँका ३० बर्षीय अल्ताप मिया र पछाडी सवार ३० बर्षीय गियासुदिन मिया रहेका छन् । उनीहरुको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा दिउासो साढे ११ बजे मृत्यु भएको थियो । पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्र१–०१–००१ ख ३५३० नम्बरको बसले बिपरित दिसा तर्फबाट आउदै गरेको प्र.२–०१–००१प ०७६३ मोटरसाईकललाई ठक्कर दिदा सो दुर्घटना भएको थियो । बस र बस चालक झापा कनकाई नगरपालिका ३ सुरुङ्गा का ५५ बर्षीय पुष्प अधिकारी जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेका प्रहरीले जनाएको छ ।
दमकमा पति पत्नीसहित तीन जना घाईते
त्यसैगरी दमक २ मिलडाँडास्थित भित्री पक्की सडकमा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किएर दुर्घटना हुँदा पति पत्नीसहित तीन जना घाईते भएका छन ।
आइतबार बिहान करिब सवा ९ बजे उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको प्र१–०१–०१४प २५०० नम्बरको स्कुटर र विपरित दिशाबाट जाँदै गरेको मे११प ४८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर स्कुटर चालक दमक –७ का २० बर्षिय पुष्कर मगर श्रीमती १७ बर्षिय प्रिती मगर घाईते भएका हुन । प्रितीका ९ वटा दाँत झरेका बताइएको छ भने पति पुष्कर समेत सामान्य घाईते भएका हुन । दुर्घटनामा मोटरसाइकल चालक दमक ३ का २० बर्षिय प्रवेश तामाङ पनि सामान्य घाईते भएका ट्राफिक प्रहरीले जनाएको छ । घाईतेहरु मगर दम्पतीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका लागि पठाइएको जनाइएको छ ।