अइन्द्र विक्रम केरुङ झापाली बिद्यार्थी राजनीतिमा परिचित र सक्रिय बिद्यार्थी नेताको नाम हो । २०६२/०६३ को जनआन्दोलन अघि शुरु भएको प्रतिगमन विरुद्धको युवा बिद्यार्थी आन्दोलनमा उपत्यकाबाहिर पहिलो पटक दमकमा बिद्यार्थीहरुले शुरु गरेको आन्दोलनमा लोकतान्त्रिक गणतन्त्रको नारा लिएर होमिएका केरुङको राजनीतिमा त्यो नै गतिलो फडको साबित बन्यो ।

त्यसबेला २०६२ सालमा केरुङ पूर्व क्षेत्रकै ठुलो अांगिक क्याम्पस मध्येको एक दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा निर्वाचित भएपछि उनको राजनीति प्रतिको मोह झनै बढेर गएको हो । २०६२ सालको निर्वाचनमा नेविसंघको तर्फबाट सभापतिमा निर्वाचित भएका केरुङ दमक बहुमुखी क्याम्पस स्थापनाको २५ बर्षमा पहिलो पटक नेविसंघको तर्फबाट सभापति पदमा जित्ने पहिलो बिद्यार्थी नेता हुन ।
उनी त्यसबेला तरुण दलमा पनि संगठित भएका थिए । क्याम्पसमा स्ववियु सभापति चुनिनु र राजनीतिक आन्दोलन व्यवस्था परिवर्तन उन्मुख हुनु उनका लागि राजनीतिक अवसर र चुनौती दुवैका रुपमा देखियो । त्यसलाई उनले सुक्ष्म ढंगबाट केलाएर आफूलाई सक्रिय आन्दोलनमा उभ्याउन सफल भए । केरुङ भन्छन– त्यो आन्दोलनमा उठेको गणतन्त्रको नारा वास्तवमा कांग्रेसका लागि र दमकमा हामीले नेतृत्व गरिरहेको आन्दोलन भएकाले हामी युवा बिद्यार्थीका लागि अवसर र चुनौती दुवै थियो ।
अध्ययनसंगै राजनीतिमा आफूलाई सुक्ष्म र गहकिलो ढंगबाट स्थापित गराउदैं आएका केरुङ नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका रुपमा निर्वाचित भएका थिए । नेविसंघको इकाई समितिमा आवद्ध भएर शुरु भएको राजनीतिक जिवनमा उनले अन्य सामाजिक संघ संस्थातिर त्यति साह्रो ध्यान लगाएनन । चौतर्फी संघ संस्थाहरुमा जिम्मेवारी लिँदा राजनीतिक मिसन पूरा हुन सक्दैन थियो कि भन्ने मेरो बुझाई रहयो – केरुङ भन्छन– तथापी मैंले रतुवामावा तटबन्धन उपभोक्ता समितिको उपाध्यक्षको जिम्मेवारी चाहिं सम्हालेको थिएँ । पार्टीमा युवा पुस्ताको बढदो आकर्षणलाई व्यवस्थापन गर्न नसक्दा कुनैबेला पार्टी ओरालो दिशामा हिंडेको स्मरण गर्दै कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा आफूलाई महाधिवेशन प्रतिनिधिको उम्मेदवारका रुपमा उभ्याएका केरुङ भन्छन– परिवर्तनसहितको रुपान्तरित कांग्रेस आजको आवश्यकता हो । उनले महाधिवेशन प्रतिनिधिका लागि पार्टी विधान र निर्वाचन निर्देशिकाले विभिन्न क्लस्टरहरुको व्यवस्था समेत गरेको कारण आफू आदिवासी जनजाती समुहबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेको बताए । उनले आफनो राजनीतिक सक्रियता र भोलीको आवश्यकतालाई मध्यनजर गर्दै पार्टीका आम नेता कार्यकर्ताहरुले मत दिनेमा विश्वस्त रहेको उनले बताए ।
२०६२/०६३ को जनआन्दोेलनमका क्रममा झापाको एक दैनिक पत्रिकामा प्रकाशन भएको केरुङको विचार
