दमक/झापाको गौरादहका सामाजिक तथा राजनीतिक युवा व्यक्तित्व भुपालराज कटुवाल नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको प्रतिनिधिका लागि चुनावी मैदानमा उत्रिएका छन ।
कांग्रेसमा आवद्ध रहेर सानै उमेरदेखि राजनीतिक तथा सामाजिक गतिबिधिमा आफूलाई स्थापित गराउँदै आएका कटुवाल स्थानीय गौरादह उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष, गौरादह खानेपानी तथा सरसफाई उपभोक्ता समिति सदस्य समेत छन । लायन्स क्लब मार्फत समाजका गरीब, दुखी र असहायहरुको सेवामा योगदान दिदैं आएका कटुवाल धार्मिक क्षेत्रमा पनि आफूलाई समर्पित गर्दै आएका छन । पार्टीको तर्फबाट अहिले सम्म विभिन्न संघ संस्थाहरुमा आफूलाई अब्बल नेतृत्वका रुपमा उभ्याएर कांग्रेसको साखलाई बढाउदै आएका कटुवाल व्यवसायिक तथा लगानीका क्षेत्रमा पनि स्थापित लगानीकर्ताका रुपमा छन । पेट्रोलियम ब्यवसायलाई आफनो मुख्य व्यवसायका रुपमा अघि बढाइरहेका उनले नेपाल पेट्रोलियम डिलर्स एशोसिएशन केन्द्रिय समितिको सदस्यका रुपमा पनि छन ।

उनले नेपाल उद्योग वाणिज्य महासंघको १ नम्बर प्रदेश समिति सदस्यमा निर्वाचित भएर विभागीय जिम्मेवारी समेत सम्हाल्दै प्रदेश एकमानै आफूलाई अब्बल व्यवसायी नेताका रुपमा परिचित गराउन सफल भएका छन । राजनीतिमा सक्रिय भइरहँदा व्यवसायीक क्षेत्रलाई पनि अनिवार्य रुपमा अंगालेर आर्थिक रुपमा बलियो हुन आवश्यक रहेको ठान्ने युवा नेता कटुवाल नेपाल तरुण दलको पनि विभिन्न जिम्मेवारीमा रहेर सांगठनिक नेतृत्व गरिसकेका तरुण नेता हुन । उनले पार्टीमा आफू केही पाउनका लागि भन्दा पनि केही न केही दिनका लागि आएको बताउँदै भन्छन– मेरो बुझाईमा राजनीति एउटा समाजसेवाको माध्यम हो, समाजसेवाको दायरालाई आफनो दृष्टिकोण र विचारसंग जोडेर अघि बढाउन चाहन्छु । उनले आफनो राजनीतिक , सामाजिक सक्रियतालाई पार्टीका नेता कार्यकर्ताहरुले उचित मुल्याङकन गर्नेमा विश्वस्त रहेको पनि बताएका छन ।

 

 

Facebook Comments Box