दमक/ मोरङको रंगेली नगरपालिका ८ दर्बेशा चौकमा ट्रकको ठक्करबाट एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा सोही ठाउँका २८ बर्षीय शनि राजबंशी रहेका छन् ।
प्रहरीका अनुसार आज बिहान साढे ६ बजे दक्षिण तर्फ आउदै गरेको मे१ख २२९१ नम्बरको मिनि ट्रकले ठक्कर दिदा घाईते भएका राजबंशीको उपचारको लागि रंगेली तर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । ठक्कर दिने ट्रक र ट्रक चालक मोरङ कानेपोखरी गाउँपालिका ६ का ३२ बर्षीय जितेन्द्र राजबंशीलाई ईलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ ।