तेह्रथुम/ तेह्रथुमको फेदाप गाउँपालिका–२ भित्रि सडक खण्डमा आज मंगलबार बिहान भएको ट्रक दुर्घटनामा एक जनाको ज्यान गएको छ भने सह–चालक घाईते भएका छन् । बिहान राती साढे १ बजे ओैंसीडाँडा देखी सदरमकुकाम म्याङलुङ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २७७० नम्बरको ट्रक आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी सय मिटर तल खसेर दुर्घटना हुँदा ट्रक चालक काभ्रेपलान्चोकका २७ बर्षीय रोहित अधिकारी र सह–चालक २४ बर्षीय सुदिप राई घाईते भएका थिए । घाईतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल म्याङलुङ पठाईएकोमा उपचारको क्रममा चालक अधिकारीको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । सह–चालक राईको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।