दमक/ झापाको अर्जुन्धारा नगरपालिका ११ सालबारीस्थित चारआली शनिश्चरे सडक खण्डमा कालिखोलाको कल्वटमा मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक सोही ठाउँका १८ बर्षीय कुसल दास रहेका छन् । शनिबार राती साढे ९ बजे पश्चिम तर्फ जादै गरेको प्र १–०१–०१२ प ४३७४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भएर कल्वर्टमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनापछि पानीमा डुवेर बेहोस भएका दासलाई उपचारको लागि मनमोहन अस्पताल बिर्तामोड लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी मोरङको सुन्दरहरैचा नगरपालिका ४ दुलारी स्थित पुर्व–पश्चिम राजमार्गमा लहरीको ठक्करबाट स्कुटी चालकको मृत्युको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ४५ बर्षीय श्याम लिङ्खा रहेका छन् । शनिबार पौने ६ बजे पश्चिम आउदै गरेको भारतीय लहरीले बिपरित दिशाबाट जादै गरेको को ३६ प २१७२ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ भएको दुर्घटनाका गम्भिर घाईते लिङ्खाको धरानमा उपचारको क्रममा रातीनै मृत्यु भएको हो ।