दमक/नेकपा एमाले शिवसताक्षी नगर कमिटीको अध्यक्षमा मेगाहाङ थोप्रा ( रोशन) विजयी भएका छन । उनका प्रतिद्वन्दी सिताराम भेटवाललाई फराकिलो मतान्तरले हराउँदै थोप्रा अध्यक्षमा विजयी भएका हुन । थोप्राले ३८१ मत प्राप्त गरेका थिए भने भेटवाल १७० ले प्राप्त गरेका थिए ।

त्यस्तै उपाध्यक्षमा कमलप्रसाद लामिछाने ३०३ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्दी घनश्याम पोख्रेलल १०८ र जयनारायण अधिकारीले १२२ मत प्राप्त गरेका थिए । त्यसैगरी सचिव पदमा कमल नेपालले २८५ मत प्राप्त गरी विजयी बने भने उनका निकतम प्रतिद्वन्दीले बुद्धिराज लक्समले २४३ मत  प्राप्त गरे ।

त्यसैगरी उपसचिव खुल्ला पदमा भिमबहादुर लिवाङ विजयी भएका छन्। उनले २८९ मत प्राप्त गरेका हुन् । उनका प्रतिद्वन्दी भाष्कर सिटौलाले १८८ र विनोद सापकोटाले ५९ मत प्राप्त गरेका थिए । त्यस्तै उपसचिव महिला सुमित्रा अधिकारी सापकोटा विजयी भएकी छिन् । उनले २७९ मत प्राप्त गरेकी थिइन् भने उनका निकतम प्रतिद्वन्दी जुनु नेपाली दर्जीले २५८ मत प्राप्त गरेकी थिइन् ।

Facebook Comments Box