दमक/झापाको दमकका किरण भण्डारीले आफनो जन्मदिनको अवसर पारेर आज ( शनिबार) उर्लाबारीस्थित नमुना बाल गृहमा कपडा र खाद्यन्न प्रदान गरेका छन । लायन्स क्लब अफ दमक धनेश्वरका अध्यक्ष समेत रहेका दमक ५ का भण्डारीले उर्लाबारी ७ स्थित नमुना बाल आश्रमका करिब २५ जना बालबालिकाको लागि ब्ल्याङकेट, स्कूल ट्रयाकसुट र खाद्यन्न सामग्री प्रदान गरेका हुन । नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि समेत रहेका भण्डारी कांग्रेसको आसन्न १४ औं महाधिवेशनको प्रतिनिधिका लागि उम्मेदवार छन । उनले आफनो जन्मदिन अनाथ बालबालिकाहरुको हितमा केन्द्रित भएर मनाउँदा आफूलाई खुशी लागेको बताएका छन ।

