दमक/नेकपा एमाले शिवसताक्षी नगर कमिटीको नयाँ नेतृत्व चयनका लागि आज ( शनिबार) भएको निर्वाचनको प्रारम्भिक मतगणनाको नतिजा बाहिर आएको ।

भर्खरै सार्वजनिक भएको मत परिणाम अनुसार अध्यक्षमा मेगाहाङ थोप्रा ( रोशन) ले अग्रता लिएका छन । प्रतिस्पर्धी सिताराम भेटवाललाई शुरु चरणमै भारी मतान्तरले पछि छोडदै थोप्राले अग्रता लिएका हुन । थोप्राले १३८ मत ल्याउँदा भेटवालले ५७ मत मात्रै प्राप्त गरेका छन । त्यस्तै उपाध्यक्षमा कमल प्रसाद लामिछाने ११४ मतका साथ अग्रस्थानमा छन भने सचिवमा कमल नेपाल र बुद्धिराज लक्समबीच प्रतिस्पर्धा देखिएको छ । नेपालले ९६ मत र लक्समले ९१ मत ल्याएका छन । त्यसैगरी उपसचिवमा भिम बहादुर लिवाङ १०७ मतसहित अग्रस्थानमा छन । निर्वाचनमा करिब ७ सय सदस्यहरुले भाग लिएका बताइएको छ ।

Facebook Comments Box