दमक/ दमक ६ स्थित शंखधर चोक नजिकै बजार भर्न आएकी एक जना बृद्धा महिलाको साथबाट नगद लुटेर भाग्न खोज्ने दुई जना पाकेटमार महिला पक्राउ परेका छन ।

आज शुक्रबार केहीबेर अघि भएको यो घटनामा संलग्न ति अधबैंशे ति महिला काखमा बच्चा च्यापेर नपत्याउदो शैलीमा बजारमा घुम्ने गरेका पाइएको छ । उनीहरुले ब्याग खोसेर पैसा लुटदै गर्दा थाहा पाएपछि बजारमा होहल्ला मच्चिएको थियो । लुटपाटमा संलग्न दुवै महिलालाई इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली बोलाएर जिम्मा लगाइएको दमक ६ का स्थानीयबासिन्दा समेत रहेका सामाजिक तथा राजनीतिक व्यक्तित्व देउकुमार नेम्वाङले जानकारी दिए । प्रहरीले घटनाका बिषयमा थप अनुसन्धान शुरु गरेको जनाइएको छ ।
https://www.facebook.com/deukumar.nembang/posts/4454631274628959

Facebook Comments Box