दमक/ दमक ४ स्थित आस्था कलेज अफ मेनेजमेन्टले यसवर्ष उत्कृष्ट दुई वटा अवार्ड पाएपछि आज दमकमा पत्रकार तथा आफ्ना शुभचिन्तकहरुमाझ खुशी साटासाट गरेको छ ।
देशभरिका मेनेजमेन्ट कलेजहरुको शैक्षिक गुणस्तर मापनमा ‘विस्कुल रेटिङ रेन्किङ्ग अवार्ड’बाट आस्था कलेज उत्कृष्ट पाँच र वेष्ट विजीनेस स्कुलमा एक नम्बर प्रदेशकै उत्कृष्टको अवार्ड पाउन सफल भएको हो । चार वर्षअघि आइएसओको मान्यता पाएको सो कलेजले पत्रकार सम्मेलन मार्फत सोबारेमा विस्तृत जानकारी समेत गराएको छ ।
न्यू विजीनेस एज र आर्थिक अभियानले वर्सेनी वितरण गर्दे आएको अवार्डका लागि देशभरिका १८३४ कलेजले सहभागिता जनाएका थिए । अवार्ड पाउन विद्यार्थीको नजिजा,मेनेजमेन्टको अवस्था, भौतिक पूर्वाधार,विद्यार्थी पासआउटको अवस्था, रिसर्च लगायतका विभिन्न ११ वटा मापदण्ड तय गरेको जनाईएको छ ।
कलेजले आज दमकमा पत्रकार भेटघाट कार्यक्रम गरि अवार्डका बारेमा जानकारी गराएको थियो । उक्त अवार्ड गत असार ६ गते काठमाडौमा वितरण गरिएको थियो ।
कलेजका प्रमुख टेकनाथ भण्डारीले गतवर्षदेखि उत्कृष्ठ दशको सूचिमा परेको यस अवार्ड यसवर्ष भने उत्कृष्ठ पाँचमा छनौट हुन सफल भएको जानकारी दिए । उनले मेनेजमेन्ट संकायको पठनपाठनका लागि आस्था कलेज देशकै उत्कृष्ठ शैक्षिक गन्तव्य वन्न सफल हुदैगएकोले यसमा कलेज परिवार मात्रै नभई समग्र दमक नगरबासीले गर्व गर्न सक्नु पर्ने जिकिर गरे । २०६४ सालमा स्थापित उक्त कलेजमा अव मेनेजमेन्ट संकायको सवै विषयको पठनपाठन सञ्चालन गर्न लागिएको प्रमुख भण्डारीले बताए । कलेजमा हाल ३ सय विद्यार्थी र १८ अध्यापक कार्यरत रहेका छन् ।