दमक/ दमक बहुमुखी क्याम्पसका पूर्व बिद्यार्थी नेता तथा दमक २ बाट निर्वाचित कांग्रेसका क्षेत्रीय प्रतिनिधि हिमालचुङ देवानको निधन भएको छ । लामो समयदेखि पेट सम्बन्धि समस्याबाट थलिएका देवानको उपचारका क्रममा आज ( शुक्रबार) बिहान ८ बजे काठमाडौंस्थित नर्भिक अस्पतालमा निधन भएको कांग्रेसका १३ औं महाधिवेशन प्रतिनिधि समेत रहेका दमक बहमुखी क्याम्पसका पूर्व स्ववियु सभापति अइन्द्र केरुङले जानकारी दिए । स्वर्गीय देवानका श्रीमती, एक छोरा , आमा र दुई दाजुभाई रहेका जनाइएको छ । उनको पार्थिव शरिर आज ( शुक्रबार) नै काठमाडौंबाट दमक ल्याउने तयारी भइरहेको केरुङले जनाएका छन । स्वर्गीय देवान दमक बहुमुखी क्याम्पसको स्ववियुमा निर्वाचित पहिलो सदस्य भएका बताइएको छ ।
