दमक/ नेकपा एमालेको दमक नगर अधिवेशन लम्बिएको छ । नगर नेतृत्व चयनका लागि सर्वसम्मत गराउने प्रयास आज ( बिहिबार) सम्म पनि जारी रहेको हो । पार्टीको नगर कमिटी उपाध्यक्ष र उद्योगी व्यवसायी फाँट र बुद्धिजीवि फाँटबाट नगर कमिटीमा प्रतिनिधित्व गर्ने नेताहरुको नाममा अध्यक्ष मण्डलले सहमति जुटाउने प्रयत्न जारी राखेको बुझिएको छ । नगर कमिटीको उपाध्यक्ष एकका लागि मेदनी खरेल र दिपेश दाहाल गरी दुई जनाको दाबी परेको तथा उद्योगी व्यवसायी र बुद्धिजीवि फाँटबाट प्रतिनित्व गर्ने नेताहरुको नाममा अन्तिम टुंगो लाग्न बाँकी रहेको बताइएको छ ।
सो पार्टीले अधिवेशनको अध्यक्ष मण्डल तथा निर्वाचन समितिमा नगर प्रमुख समेत रहेका नेता रोमनाथ ओली, होमबहादुर थापा, अम्बिका खनाल, नेत्र दाहाल र लिला ढुंगेल दाहाललाई जिम्मेवारी तोकेको बताइएको छ । ९ कार्तिकमा शुरु भएको नगर अधिवेशनबाट अध्यक्षमा गेहनाथ पोखरेल, सचिवमा इन्द्र गुरुङ र सहसचिवमा उर्मिला ओली तथा सन्तोष दुलाल यस अघिनै निर्विरोध निर्वाचित भइसकेका अध्यक्ष मण्डलकी सदस्य नेतृ लिला ढुंगेल ( दाहाल)ले जानकारी दिइन । उपाध्यक्षसहित सबै सदस्यहरुको नाममा पनि आजनै सहमति जुटाउने प्रयास भइरहेको छ – नेतृ ढुंगेलले निष्कर्ष न्यूजसंग भनिन ।

Facebook Comments Box