दमक/   विप्लव नेतृत्वको नेकपाले आज गरेको बन्दका क्रममा ठाउँ ठाउँमा वम राखेको आतंक फैलिएको छ । प्राय कुकरमा विभिन्न वस्तु राखेर विस्फोटक पदार्थ जस्तो देखिने गरी राजमार्ग र कतिपय सरकारी कार्यालयहरुमा शंकास्पद वस्तु राखेको पाइएपछी जनजिवन त्रसित बनेको हो ।

भद्रपुर नगरपालिका कार्यालय, पूर्वपश्चीम राजमार्ग अन्तर्गत झापाको कमलस्थित सितापुरी खण्ड र माइधार खण्डमा त्यस किसिमका वस्तु फेला परेपछि सर्वसाधारण त्रसित बनेका हुन् ।

राजमार्गमा दिउँसोको समयमा मोटरसाइकल चढेर आएका अज्ञात व्यक्तिहरुले त्यस किसिमका शंकास्पद वस्तु छोडेर हिंडेपछि नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीले त्यस्ता ठाउँमा घेरा हालेर यातायातका साधन तथा मानिसहरुको आवतजावतमा रोक लगाएका थिए । जसका कारण सर्वसाधारण हाईवे छोडेर भित्री सडक तथा गल्लीबाट ओहोरदोहोर गर्न बाध्य भएका थिए ।  बन्दका कारण झापासहित अधिकांश जिल्लाका बजार तथा गाउँ क्षेत्रमा रहेका शैक्षिक संस्थाहरु प्राय बन्द रहे । भने बजार तथा पसल समेत छिटफुट मात्रै खुलेका थिए ।

Facebook Comments Box