दमक/खोला बाढी प्रभावित गौरीगञ्ज गाउँपालिका वडा नं १ स्थित बालुबाडीका २८ परिवारलाई स्वास्थ्य परिक्षण सहित खाद्यान्न राहत प्रदान गरिएको छ । गौरीगञ्ज गाउँपालिका वडा नं १ को कार्यालय र गैर सरकारी संस्था एसएनजेडीको सहयोगमा उनीहरूलाई खाद्यान्न राहत प्रदान गरिनुका साथै स्वास्थ्य जाँच समेत गरिएको हो । वालुबाडीका २८ पिडित परिवारलाई प्रति परिवार २५ किलो चामल, १ लिटर खाने तेल, २ किलो नुन, १ किलो दाल र २ थान साबुन सहितको सामग्री वितरण गरिएको वडाध्यक्ष कार्तिकलाल राजवंशीले जानकारी दिए । उनीहरूलाई महाभारा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी परिचालन गरि स्वास्थ्य परिक्षण समेत सम्पन्न गरिएको छ । बाढी प्रभावित ५७ जना पुरूष र ४२ महिला गरि ९९ जनालाई स्वास्थ्य चाँज गरिएको हो ।