विर्तामोड/ नेकपा एकीकृत समाजबादी (एस) का उपमहासचिब जगनाथ खतिवडाले तत्कालीन नेकपा महासचिब मदन भण्डारी र जीबराज आश्रितको हत्याको बिषयमा पार्टीले अब छानबिन अगाडि बढाउने बताएका छन । समाजबादी प्रेस संगठनले आज बिहान बिर्तामोडस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता खतिवडाले तत्कालीन घट्नाको सम्बन्धमा पार्टीले बनाएको कार्यदलको प्रतिबेदन केपी ओलीले सार्वजनिक गर्न नचाहेको कारण घट्ना अहिले सम्म गुपचुप रहेको बताए ।

पार्टीका प्रचार बिभाग प्रमुख तथा प्रबक्ता खतिवडाले हत्याको प्रमाण लुकाउन नै बर्तमान राष्ट्रपति बिधा भण्डारी र ओली नै सम्लग्न रहदै आएको आरोप लगाए । नेता खतिवडाले एमालेले कम्यूनिस्ट चरित्र गुमाउदै राष्ट्र र राष्ट्रीयतालाई सत्ता संग सौदाबाजी गर्दै गएकोले एमालेमा बसेर सच्चा कम्यूनिस्ट हुन नसक्ने ठहर गर्दै आफ्नो संगठन अलग भएको प्रस्ट पारे । नेता खतिवडाले बर्तमान सरकारी गठबन्धन आगामी निर्वाचन सम्म कायम रहने पनि बताए ।

समाजबादी प्रेस संगठनका प्रदेश इन्चार्ज तिर्थ सिग्देलको संचालनमा सो कार्यक्रम भएको थियो ।