दमक/ नेकपा एमालेको १०औँ महाधिवेशन अन्तर्गत आज ( ६ कात्तिक) मा देशभरका वडाहरुमा एकसाथ वडा अधिवेशन हुँदैछ । वडा अधिवेशनको भर्चुअल माध्यमबाट नेट सुविधा भएका वडाहरूको पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा उदघाटन र सम्बोधन गरिने एमाले केन्द्रिय कार्यालय द्धारा वडाहरुलाई गरिएको परिपत्रमा उल्लेख छ । यसको लागि हिजो ( ५ गते नै) लिंक पठाइएको जनाइएको छ ।

यसको लागि सम्भव भए स्क्रिनको व्यवस्थापन गर्ने र यदी सम्भव नभए मोबाइलबाट लिंक जोडेर लाउड स्पिकरमा अधिवेशन परिसरमा अध्यक्षको सम्बोधनलाई जोड्नुपर्नेछ’, परिपत्रको आठौँ बुँदामा लेखिएको छ । त्यसैगरी ९ कार्तिकमा पालिका अधिवेशनहरूको ७५३ वटै पालिकाको एकसाथ पार्टीका अध्यक्ष ओलीद्वारा एकसाथ सम्बोधन गरिने पनि जनाइएको छ ।

Facebook Comments Box