दमक/ तीन दिन सम्मको अविरल बर्षाका कारण सबैभन्दा बढी प्रभावित बनेको झापाको गौरीगञ्ज गाउँपालिकाको वडा नं १ का पीडितहरुलाई सहयोग गर्न स्थानीय सरकारले अपिल गरेको छ । सो वडामा कन्काई कमल बनियानी खोलाका कारण विस्थापित भएका सय बढी परिवारलाई आकस्मिक राहत उपलब्ध गराउँदै थप राहत तथा पीडितहरुको पुनर्वासका लागि सहयोग गर्न वडा समितिले आव्हान गरेको हो । वडाध्यक्ष कार्तिकलाल राजवंशीको अध्यक्षतामा बसेको वडा समितिको आकस्मिक बैठकले बाढी पीडितहरुका लागि बिभिन्न दातृ निकाय, तथा सँघ संस्थाहरु सँग त्यस्तो अपिल गरेको हो ।

बैठकले बिभिन्न सहयोगि संघ संस्थाहरुबाट सहयोग स्वरुप आउने राहत बितरणमा एकद्वार प्रणाली लागू गर्ने पनि निर्णय गरेको छ । सोका लागि बिभिन्न दातृ निकायहरुले राहत सामग्री ल्याउँदा वडा कार्यालय सँग समन्वय गर्न समेत आग्रह गरेको छ । राहत वितरणमा एकद्वार प्रणाली नहुँदा समस्या हुने भएकाले त्यस्तो निर्णय गरिएको वडाध्यक्ष राजवंशीले जनाएका छन् । राहत वितरणमा एकरुपता ल्याउन र विभिन्न दातृ निकाय हरु सँग राहतका लागि समन्वय गर्न आजको बैठकले समन्वय समिति समेत गठन गरेको छ । वडाध्यक्ष कार्तिक लाल राजवँशीको संयोजकत्वमा गठन गरिएको समितिका सदस्य हरुमा राजभक्त सुनुवार जानुका गौतम टंक श्रेष्ठ सुनिता पासवान, गोबिन्द कुँवर, बिनोद राजवंशी, बुधनारायण राजवंशी, ईन्द्र नारायण राजवंशी, भरत कुमार राजवंशी, नर बहादुर बस्नेत, दिपेन्द्र गौतम, र नन्द किशोर यादवलाई चयन गरिएको छ ।
सोमबार देखिको अबिरल वर्षाका कारण कन्काई बनियानी लगातका खोलाहरुमा बाढी आउँदा वडा नं १ को होकलबाडीमा ९५ परिवार, टप्पु बस्तीमा १८ परिवार, ईश्वर बस्ती मा २२ परिवार, धानगाडामा ७ परिवार वालुबाडीमा २९ परिवार, टुनुबस्ती र बिर्खे बस्ती मा १८ परिवार रँगियाथानमा १ परिवार आशिंक तथा पूर्ण रुपमा बिस्थापित भएका वडाध्यक्ष राजवंशीले जनाएका छन । उनका अनुसार हजारौं बिघा पाक्न लागेको धानबाली नष्ट भएको छ क्षतिको विस्तृत तथ्याङक संकलनका लागि काम भइरहेको बताइएको छ ।
त्यसै गरि वडा नँ, २ को भाकुरमारीमा ४४ परिवार र आमगाछीमा २५ परिवार डुवानमा परेका छन् भने हजारौ बिघा पाक्न लागेको धानबाली नष्ट भएको बताइएको छ ।

Facebook Comments Box