दमक/ झापा दमकको सामाजिक तथा व्यवसायिक क्षेत्रमा परिचित नाम हो रमा लिम्बु । दुई दशक अघिदेखि व्यवसायिक यात्रा शुरु गरेकी दमक १ निवासी लिम्बु राजनीतिक क्षेत्रमा समेत उदाउँदो नेतृ हुन ।

महिला सम्बद्ध विभिन्न अधिकारवादी संघ संस्थाका अतिरिक्त दमक उद्योग वाणिज्य संघमा पहिलो पटक पदाधिकारीका रुपमा महिलाका रुपमा उभ्याएकी रमालाई युवा पुस्ताको सक्रिय नेतृका रुपमा लिइन्छ । नेपाली कांग्रेसमा उदाउँदो युवा पुस्ताको नेतृका रुपमा आफूलाई उभ्याउदैं गरेकी उनले आसन्न १४ औं महाधिवेशनमा आदिवासी जनजाती महिला समुह तर्फबाट क्षेत्र नं ५ को महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएकी छिन । सामाजिक सेवाकै लागि मैंले राजनीतिमा आउन चाहेकी हुँ । राजनीतिलाई पेशा बनाउने मैंले राजनीति रोजेकी हुँ । अबका दिन कांग्रेसको र राजनीति मार्फतनै समाजमा योगदान दिन मैंले उम्मेदवारी सोच बनाएकी हुँ – निष्कर्ष न्यूजसंगको कुराकानीमा रमाले  भनिन ।
को हुन रमा लिम्बु ?
दमक उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य हुँदै हाल तृतीय उपाध्यक्षको रुपमा छिन । दमकमा उद्योग वाणिज्य संघ स्थापनाको २७ बर्षे लामो इतिहासमा संघको पदाधिकारीमा दुई बर्ष अघि मात्रै लिम्बु निर्वाचित भएकी हुन । उनी राष्ट्रिय महिला अधिकार मञ्च दमकको नगर अध्यक्ष तथा सौन्दर्यकला व्यवसायी संघ झापाको कोषाध्यक्ष पनि हुन ।
दमकमा सौन्दर्यकला व्यवसायबाट आफनो व्यवसायिक यात्रा शुरु गरेकी उनी अहिले लगानीकर्ताको रुपमा समेत पहिचान बनाउन सफल भएकी छिन । स्वास्थ्य तथा अन्य रोजगारमुलक क्षेत्रमा उनले लगानीकर्ताको रुपमा चिनिएकी रमा निम्स नेशनल हस्पिटल प्रालिकी कोषाध्यक्ष पनि हुन । उनी रोटरी क्लबमा समेत आवद्ध रहेर सामाजिक गतिबिधिमा सक्रिय छिन ।

Facebook Comments Box