दमक/लामो समयदेखि स्वास्थ्य तथा प्राविधिक शिक्षाका क्षेत्रमा अनुभव सम्हालेका झापा दमक ५ का इश्वर कार्की नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको प्रतिनिधिका लागि उम्मेदवार बन्दैछन ।
युवा नेतृत्वको परिकल्पना सहित नविन नेपाली कांग्रेस पार्टी बन्नु पर्छ भन्ने विचार राख्दै कार्कीले आफनो उम्मेदवारी नेता, कार्यकर्ताहरु माझ पेश गरिरहेका छन । पार्टीलाई नेपाली जनताको आधुनिक, लोकतान्त्रिक, समावेशी र समाजवादी लोकप्रिय पार्टीका रुपमा रुपान्तरणका लागि आफनो ज्ञान, विवेक र अनुभवको उपयोग गर्न आफू महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार बनेको कार्कीले बताएका छन । निष्कर्ष न्यूजसंगको कुराकानीमा कार्कीले भने– मैंले आफनो जिवनकालमा स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा लिएको ज्ञान र अनुभवलाई पार्टीको नीति , कार्यक्रम मार्फत जनताको पक्षमा उपयोग गर्नका लागि जिम्मेवारी लिन चाहेको हुँ ।
को हुन कार्की ?
दमकमा स्थायी बसोबास गर्दै व्यवसायसंगै आफूलाई सामाजिक गतिबिधिहरुमा क्रियाशील गराएका कार्कीले २०४९ सालमा नेविसंघको केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारको नेविसंघ सभापति हुँदै आफनो राजनीतिक तथा सांगठनिक यात्रा शुरु गरेका हुन । संघको सुनसरी जिल्ला सदस्य समेत भइसकेका उनले इलाममा नेपाल स्वास्थ्यकर्मी संघको सभापतिको जिम्मेवारी सम्हाले । कार्की एक कार्यकाल संघको केन्द्रिय उपसभापतिका रुपमा समेत थिए । हाल नेपाली कांग्रेस झापाको स्वास्थय विभागको सहसंयोजक समेत रहेका कार्की भन्छन– मेरो उम्मेदवारीको महत्वलाई कांग्रेस र कांग्रेस कार्यकर्ताहरुले सहज रुपमा लिनुहुनेछ भन्नेमा म विश्वस्त छु ।

Facebook Comments Box