दमक / नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका लागि दमक १ का सत्यनारायण चौधरीले पुन ः आफनो उम्मेदवारी प्रस्तुत गरेका छन । सहयोगी र उदार मन भएका व्यक्तिको पहिचान बनाएका चौधरी १३ औं महाधिवेशनमा पनि प्रतिनिधि निर्वाचित भएर चर्चामा आएका थिए । पार्टीमा कुनै गल्ती गरेको छैन, म एउटा इमान्दार कार्यकर्ताका रुपमा सधैं पार्टीलाई योगदान दिन मेरो उम्मेदवारी हो – निष्कर्ष न्यूजसंगको कुराकानीमा चौधरीले भने । कांग्रेसको राजनीतिमा धेरै राम्रा नराम्रा कुरा आफूले सुनेको बताउँदै चौधरीले नराम्रोलाई मनबाटै हटाएर सबैमा सदभाव , एकतासहितको सुदृढ कांग्रेस यस क्षेत्रमा आवश्यक भएको उल्लेख गरे ।
पार्टीमा आफूलाई कुनै लाभ तथा अन्य पद लिन अलिकति पनि लोभ नभएको वताउदै चौधरीले निस्वार्थ रुपले पार्टीमा योगदान पुरयाँउन उम्मेदवारी दिन चाहेको सुनाए ।
पार्टीमा पुरयाँएका जिम्मेवारीकै कारण आफूले सवैको साथ र सहयोग प्राप्त गरिआएको उल्लेख गर्दे उनले अव पनि पार्टीका तमाम क्षेत्रबासी अग्रज नेता, वडासभापति तथा क्षेत्रीय प्रतिनिधिहरुले उचित मूल्याङकन गर्ने विश्वास व्यक्त गर्छन् । पार्टीमा क्रियाशीलता,निरन्तरतासहित मरिमेट्नेलाई जिम्मेवारी दिनुपर्ने उनको आग्रह छ ।